सयपत्री हाइड्रोको आईपीओ शुक्रबारदेखि भर्न सकिने « Khabarhub

सयपत्री हाइड्रोको आईपीओ शुक्रबारदेखि भर्न सकिने


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउनभित्र आवेदन दिनुपर्नेछ ।

आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ३६ बजे

प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

म्याग्दी– म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपतकालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५

स्रोतको अभावबीच ऋण लिएर ब्याज तिनुपर्ने अवस्था कसरी हटाउलान् स्वर्णिमले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा भएको प्रतिनिधिसभा

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका