स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली निर्माण | Khabarhub Khabarhub

स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली निर्माण


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण  तथा जडानमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट दीक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्ययनरत विद्यार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक संस्थामा आबद्ध विद्यार्थीहरू सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल गरेका हुन् ।

सम्बन्धित विद्यार्थीहरूले दिएको जानकारी अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्ने तथा एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्ने छन् । रिमोटको विभिन्न तिन बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने पनि विद्यार्थीले जनाएका छन् । 

४८ फिट लम्बाइ रहेको उक्त पर्दा तथा प्रोजेक्टर पर्दालाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म सञ्चालन गर्न सकिने जनाइएको छ । उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरूले पनि चलाएका छन् ।  

विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेको यस नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू अब पूर्ण सिस्टम बनाउन पनि आफू सक्षम रहेको कुरा कामले प्रमाणित गरिदिएका छन् । साथै कुनै पनि सङ्घसंस्थालाई उक्त सिस्टम चाहिएको खण्डमा पनि उपलब्ध गराउन सकिने विद्यार्थीहरुले बताएका छन् ।।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ४५ बजे

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।