महँगीविरुद्ध थाल ठटाउँदै राप्रपाकाे प्रदर्शन (तस्बिरहरु) | Khabarhub Khabarhub

महँगीविरुद्ध थाल ठटाउँदै राप्रपाकाे प्रदर्शन (तस्बिरहरु)


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ ।

दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधबार काठमाडौँको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौँको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेका थिए ।

दैनिक उपभोग्य वस्तु महँगो भएर जनजीवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउने गरी थाल ठटाउँदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

 यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महँगी नियन्त्रण गर्न नसकेको, बजेट हेरफेर गरेको लगायतका विषयमा राप्रपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ५० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र