सवारी कारबाहीबाट ५६ लाख राजश्व संकलन « Khabarhub

 सवारी कारबाहीबाट ५६ लाख राजश्व संकलन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख  १६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ ।

सोबाहेक गत आर्थिक वर्षमा दुई हजार १२७  कार जिप  कारबाहीमा परेका छन् ।  कारबाहीमा परेका कार जिपबाट १३ लाख ९ हजार राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा एक हजार १४३ ट्रक टिपर, ७०१ ट्याक्टर,  ४९८ बस र ११७ अन्य सवारीसाधान कारबाहीमा परेका छन् । कारबाहीमा परेका ट्रकर टिपरबाट सात लाख २५ हजार ५०० , ट्याक्टरबाट चार लाख ४७ हजार, बसबाट तीन लाख दुई हजार र अन्यबाट ८१ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा लमजुङमा पाँच हजार ४७६ सवारी कारबाहीबाट ३४ लाख ५५ हजार राजश्व संकलन भएको थियो । जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर नेपालीले बताए ।  

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ३३ बजे

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

एजेन्सी– भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

राष्ट्रपति पौडेल आइतबार जापान जाने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते

तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार

काठमााडौं – माघ २३ बाट प्रदर्शनमा आउने लागेको फिल्म ‘कुमारी’