सेयर बजार २३.८३ अंकले बढ्यो, ३ अर्ब १६ करोडको कारोबार « Khabarhub

सेयर बजार २३.८३ अंकले बढ्यो, ३ अर्ब १६ करोडको कारोबार


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ।

मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।

आज तीन वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्।

बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ४६ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको