शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयो : सञ्चारमन्त्री कार्की | Khabarhub Khabarhub

शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयो : सञ्चारमन्त्री कार्की


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेथाञ्चोक (काभ्रे)- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका छन् ।

मंगलबार पार्वती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै उनले शिक्षालाई अहिलेको बदलिँदो परिस्थितिअनुसार निर्माण गर्न नसकिएको उनको भनाइ छ ।

मन्त्री कार्कीले शिक्षा भनेको प्रमाणपत्र प्राप्त गर्ने माध्यमजस्तो मात्र मात्रै भएको बताए । मुलुकमा दुई किसिमको युवा जनशक्ति रहेको चर्चा गर्दै उनले एउटा गाउँबाट आएको सामान्य शिक्षा लिएर सहर पस्ने, तर त्यहाँ आकाङ्क्षा, आवश्यकता पूरा नभएपछि देश छाडेर खाडी देशमा जाने अनि डर्टी, डिफिकल्ट र डेञ्जर काम गर्ने गरेको उल्लेख गरे । तर त्यही जनशक्तिले मुलुकमा रेमिट्यान्स पठाउने र त्यसैले देश चल्ने गरेको उनको भनाइ थियो ।

वरिष्ठ पत्रकार परशुराम घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारमन्त्री कार्की, संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, रामहरि सुवेदी, पूर्व राज्यमन्त्री कञ्चनचन्द्रवादे श्रेष्ठ, संविधानसभा सदस्य तीर्थबहादुर लामा, डा.बलराम तिमल्सिनालगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : १६ बजे

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक