एसईई नतिजा : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? « Khabarhub

एसईई नतिजा : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ?


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको बैठकपछि एसईईको नजिता सार्वजनिक गरिएको हो ।

परीक्षामा ४ लाख ९५ हजार ७ सय ५१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या नौ हजार ६३३ रहेको छ ।

त्यस्तै ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए।

त्यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याउँदा एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएको उनले बताए।

त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको अर्यालले जानकारी दिए।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ४४ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको