गृह मन्त्रालयले भन्यो- भ्रमण भिसामा विदेश गएर काम नगर्नू | Khabarhub Khabarhub

गृह मन्त्रालयले भन्यो- भ्रमण भिसामा विदेश गएर काम नगर्नू


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ ।

पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।

त्यसरी जाँदा समस्यामा परी अलपत्र पर्ने क्रम बढेको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी गैरकानुनी रूपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ ।

विज्ञप्तिमा त्यसरी जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृतलगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । साथै, स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

भ्रमण भिसामा विदेश जानेले पर्यटकको रूपमा मात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ५२ बजे

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क

सिरहामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा– सिरहा नगरपालिका-१० पदमपुर बस्ने ६० वर्षीय चन्देसर मण्डलको घर र