विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन ११, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २७, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारतमा १८ हजार ३ सय १३ जना नयाँ कोभिड १९ सङ्क्रमित थपिए

भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ ।

हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा २० हजार सात ४२ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ ।

यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।
फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पले हल्लाउने बित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

सोनिया गान्धीसँग सोधपुछ

नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले आज पनि सोधपुछ गरेको छ ।

इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् । इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मङ्गलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो ।

यसैबीच, काङ्ग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको विरोधमा प्रदर्शन गरेका छन् । राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले देशमा इडीको आतङ्क फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

काङ्ग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको ईडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेशनमा रेल रोक्न प्रयास गरेका छन् । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दु:ख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा दुई भारतीय शान्ति सैनिक मारिए

प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति मिसनमा सहभागी दुई भारतीय सैनिक मारिएका छन् ।

हिंसात्मक प्रदर्शनका क्रममा मंगलबार भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मारिएको बलका प्रवक्ताले पुष्टि गरेका छन् ।

विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

श्रीलंकाली पूर्वराष्ट्रपति स्वदेश फर्कने अपेक्षा गरिएको अधिकारीको भनाइ

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् ।

सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए । उनी पहिलो पटक जुलाई १३ मा माल्दिभ्स भागेका थिए र त्यसको भोलिपल्ट सिंगापुर गएका थिए ।

मन्त्रिपरिषद्को साप्ताहिक मिडिया ब्रिफिङमा गोटाबाया राजापाक्षेको बारेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा मन्त्रिपरिषद्का प्रवक्ता रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति नलुकेको र उनी सिंगापुरबाट फर्कने अपेक्षा गरिएको बताए ।

यातायात, राजमार्ग तथा आमसञ्चार मन्त्रीसमेत रहेका रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति देश छोडेर भागेको र लुकेर बसेकोमा आफूलाई विश्वास नलागेको बताए ।

भारतको राज्य सभाका १९ विपक्षी सांसद निलम्बित

भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साताभरका लागि निलम्बन गरिएको छ । ‘राज्यसभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो ।

मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अबरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ। ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको लागि तयार छ । ’

निलम्बित सांसदले सदन नछोडेपछि एक घन्टाका लागि बैठक स्थगित भएको थियो ।

यसअघि तल्लो सदन लोकसभाका सभामुखले संसदका चार सदस्यलाई वर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए ।

सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन् ।

तालिबान लडाकुले महिलाको हत्या गरेपछि अफगानिस्तानमा प्रदर्शन

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुले एकजना महिलाको हत्या गरेपछि महिलाहरुले प्रदर्शन गरेका छन् । अफगानिस्तानको पञ्जशीर प्रान्तमा महिलाकोे हत्या भएको भन्दै प्रदर्शन भएको हो ।

हत्या भएको समयमा ती महिलाले आफ्ना श्रीमान्का लागि खाना ल्याउन गएको बताइएको छ । सोही क्रममा तालिबानका निशानेबाजले उनीमाथि गोली चलाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै त्यहाँ महिला अधिकार उल्लङ्घनका घटनाहरुमा वृद्धि भएको बताइन्छ ।

यसबाहेक तालिबानले महिला एवम् बालिकालाई विद्यालय जान बन्देज लगाएका कारण उनीहरुको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार हनन् भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले विरोध गर्दै आएका छन् ।

श्रीलंकालाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने भारतको भनाइ

भारतले श्रीलंकालाई गर्दै आएको सहयोगलाई जारी नै राख्ने जनाएको छ । श्रीलंकाका लागि भारतीय उच्चायुक्तले भारतले श्रीलंकालाई गर्दै आएको सहयोग निरन्तरता दिने जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार श्रीलंकाका लागि भारतीय उच्चायुक्त गोपाल बगलेले श्रीलंकाको लोकतन्त्र, स्थायित्व एवम् आर्थिक सुधारका लागि भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण जनआक्रोश बढ्दै गएसँगै विशाल प्रदर्शनपछि त्यहाँ नयाँ सरकार गठन गरिएको छ ।

नयाँ सरकार गठन भएपनि श्रीलंकाका अवस्थामा तुलनात्मक सुधार आउन नसकेको टिप्पणी गरिन्छ ।

हाल श्रीलंकाले भारत, जापान, चीन, रुस, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता मुलुक एवम् संस्थाहरुसँग सहयोगको अपिल गर्दै आएको छ ।

तालिबानले शासन सम्हालेपछि अत्यधिक अफगानहरु विदेश पलायन भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदन

तालिबानले गत बर्ष शासन सम्हालेपछि अत्यधिक अफगानहरू विदेश पलानन भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बुधबार बताएका छन् ।

अफगानिस्तान अहिले विश्वकै तेस्रो धेरै शरणार्थी जनसंख्या भएको र यस क्षेत्रको सबैभन्दा धेरै विस्थापित जनसंख्या भएको मुलुक बनेको छ ।

अफगानिस्तानबाट विश्वका ९८ देशहरूमा २७ लाख मानिसहरूले शरणार्थी जीवन बिताइरहेका छन् ।

शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (युएनएचसीआर) को रिपोर्टअनुसार अफगानिस्तानमा विस्थापित नागरिकहरूको ठूलो जमात छ । विदेशमा शरण लिने जनसङ्ख्याको दृष्टिले सिरिया र भेनेजुएलापछि अफगानिस्तान तेस्रो स्थानमा रहेको छ ।

तालिबानको शासनपछि अफगानिस्तानबाट सात लाख ८० हजार व्यक्ति इरानमा रहेको र उनीहरूले शरणार्थीका रूपमा त्यहाँ बसोबास गरिरहेको अफगानिस्तानको खामा प्रेसले जनाएको छ ।

खामा प्रेसका अनुसार अफगानिस्तानको विस्थापन संकट युएनएचसीआरको सात दशक लामो इतिहासमा सबैभन्दा ठूलो र लामो संकट हो ।

शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीको भनाइ उद्धृत गर्दै खामा प्रेसले लेखेको छ, “अहिले निर्वासनमा जन्मेका अफगान केटाकेटीहरूको तेस्रो पुस्ता पुगेको छ ।’

सन् २०२१ मा मात्रै एक लाख ८० हजार अफगानहरू पाकिस्तान, ५९ हजार जना युरोप, २७ हजार जना इरान र छ हजार जना एसिया र प्रशान्त क्षेत्रमा शरण लिन पुगेका थिए ।

उनले भने, “झण्डै २४ लाख अफगानीहरूलाई भोकमरी, देशको आर्थिक मन्दी, बाढी, भूकम्प, खडेरी र अनिकाललगायत प्राकृतिक प्रकोप, विकास सहायताको अभाव र क्रुर चिसो हिउँदको कारण मानवीय उद्धारको आवश्यकता पर्दछ ।”

गत अगस्तमा तालिबानको कब्जापछि आश्रय खोज्दै छिमेकी राष्ट्रहरूमा गएका धेरै अफगान शरणार्थीहरूसँग कानुनी कागजात वा भिषासमेत छैन ।

गत वर्ष अगष्टमा तालिबान सत्तामा फर्किएदेखि अफगानिस्तानमा गम्भीर मानव अधिकारको उल्लङ्घनका घटनाले निरन्तरता पाइरहेको छ ।

यसअघि मानवअधिकार उच्चायुक्त (ओचसिएचआर) को प्रतिवेदनमा मिसेल बाचेलेटले अफगानिस्तानमा मानव अधिकारको अवस्थाबारे तयार पारेको रिपोर्टमा सन् २०२१ अगस्त १५ पछि कम्तीमा एक हजार १५६ जना नागरिकको मृत्यु भएको र अनगिन्ती घाइते भएका उल्लेख गरिएको छ ।

रिपोर्टमा भनिएको छ, “शत्रुताको कमी भएका कारण हताहतमा कमी आएको देखिए पनि धेरै अफगानीका लागि मानवअधिकारको स्थिति निकै चिन्ताको विषय होे ।” संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानीहरूले विनाशकारी मानवीय तथा आर्थिक संकटहरूको सामना गरिरहेका र आधा जनसंख्या अत्यधिक भोकको चपेटामा परेका बताएका छन् ।

महिला र बालबालिकाको अधिकारको कुरा गर्दै ओएचसीएचआरकी प्रमुख मिसेल बाचेलेटले तालिबान शासनले महिला अधिकार र स्वतन्त्रतामा कटौती गरेको बताएकी छिन् ।

आर्थिक संकट र नाकाबन्दीका कारण धेरै हदसम्म महिला रोजगारीबाट बहिरिएका छन् । उनले तालिबान शासनलाई यस वर्ष केटा होस् वा केटी, सबै केटाकेटीका लागि स्कूलहरू खुल्नेछन् भन्ने आफ्नो प्रतिबद्धता पूरा गर्न आह्वान गरिन् ।

यसअघि युएनएचसीआरले युरोपेली संघलाई पाँच वर्षमा ४२ हजार ५०० अफगानलाई स्वीकार गर्न आग्रह गरेको थियो तर यो अनुरोधलाई युरोपेली देशहरूले अस्वीकार गरेका थिए । तालिबानको पुनस्र्थापनासँगै ठूलो संख्यामा अफगानहरु देश छोडेर भागेका छन् भने उनीहरू अहिले धेरै छिमेकी देशहरूमा कमजोर जीवन अवस्था गुजारिरहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ०० बजे

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय