खेरसन फिर्ता लिन युक्रेनले थाल्यो आक्रामक कदम « Khabarhub

खेरसन फिर्ता लिन युक्रेनले थाल्यो आक्रामक कदम


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।

यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् । रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहर युद्धमा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको थियो ।

युक्रेनी सेनाले मंगलबार हिमर्स आर्टिलरी रकेट प्रणाली प्रयोग गरेर खेरसनको एन्टोनिभस्की पुलमा गोली हानेका छन् । अब रुसी सेना उक्त पुल पार गर्न नसक्ने अवस्थामा रहेको बताइएको छ । आधा माइल लामो पुलको केवल छरिएका भग्नावशेष मात्र बाँकी छ ।

मस्कोले अब अधिकतम संख्यामा खेरसन दिशामा सेना सादै गरेको युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १० : ५४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग