राहदानी र नागरिकता बनाउने बढे | Khabarhub Khabarhub

राहदानी र नागरिकता बनाउने बढे


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ।  जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो।

गत आर्थिक वर्ष २०७८-७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले  वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन्।

यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका उनले बताए । यसका साथै गत वर्ष पाँच हजार १७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । यस्तै आर्थिक वर्ष २०७७-७८ मा पाँच हजार ५६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए।

यसैबीच गत वर्ष प्रशासनबाट ६२२ जनालाई राहदानी वितरण गरिएको छ। यसका साथै द्रुत सेवाका लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ। आर्थिक वर्ष २०७७-७८ मा यहाँका ३९२ लाई राहदानी वितरण गरिएकामा ४३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ०६ बजे

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको

सरकारले बेचेको चिया बगान : एकातिर सुकुम्बासी, अर्कातिर संघाई ग्रुप

झापा– पूर्वी नेपालका झापा, इलाम र पाँचथर जिल्ला चिया बगानका

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान