सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वीर अस्पतालको १ सय ३३ औँ वार्षिकोत्सव अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको विषय भएको भन्दै सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्।

स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रूपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाइ छ । उनले सस्तो सहज र गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएको उनले बताए । प्रधानमन्त्री देउवाले अनेक महामारीसँग  जुध्न सक्ने गरी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे।

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथमिकताका साथ अघि बढाउन पनि निर्देशन दिए।

उनले गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बरी अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिए। कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै