सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वीर अस्पतालको १ सय ३३ औँ वार्षिकोत्सव अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको विषय भएको भन्दै सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्।

स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रूपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाइ छ । उनले सस्तो सहज र गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएको उनले बताए । प्रधानमन्त्री देउवाले अनेक महामारीसँग  जुध्न सक्ने गरी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे।

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथमिकताका साथ अघि बढाउन पनि निर्देशन दिए।

उनले गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बरी अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिए। कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ३९ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर