एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड « Khabarhub

एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । 

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।

 कांग्रेससँग सहकार्य गर्ने भएकाले दायाँबायाँ नसोच्न नेताहरूलाई प्रचण्डले आग्रह गरे । समाजवादी केन्द्र निर्माणबारे शीर्ष तहमा छलफल चलिरहे पनि त्यसले मूर्तरूप नपाएको उनले बताए।

बैठकमा नेताहरूले पदाधिकारीसहित सम्पूर्ण कमिटी टुंग्याउन दबाब दिएका थिए । महाधिवेशन भएको महिनौँ  बितिसक्दा समेत माओवादीमा अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन। 

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : ०४ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार