साढे २१ करोडभन्दा बढीको तास आयात « Khabarhub

साढे २१ करोडभन्दा बढीको तास आयात


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो । सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको छ । 

चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत र अमेरिकाबाट नेपालमा तास आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा सबैभन्दा बढी तास चीन र भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष चीनबाट १९ करोड ७१ लाख ८० हजार रुपैयाँ र भारतबाट १ करोड ८२ लाख ५८ हजार रुपैयाँको तास नेपालले आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : ३८ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको