पशुपतिनाथ दर्शनको खर्च राज्यले बेहोर्ने « Khabarhub

पशुपतिनाथ दर्शनको खर्च राज्यले बेहोर्ने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय धार्मिक पर्यटनको प्रभाव बढ्दो छ। छिमेकी राष्ट्र भारतले त धार्मिक पर्यटन बापतको रकम राज्यले नै खर्च गर्नेगरी नीति बनाएको छ। यस्तो निर्णय गरेको हो भारतको राजस्थान प्रदेश सरकारले । राजस्थानले पशुपतिनाथ दर्शनका लागि आफ्नो राज्यका ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने भएको छ।

राजस्थान सरकारले पर्यटन तथा देवस्थान मन्त्रालयले ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई यो सुविधा दिने घोषणा गरेको हो। हिन्दुहरूको महान् तीर्थस्थलमध्येको एक पशुपतिनाथ भएकाले ज्येष्ठ नागरिकलाई पशुपतिनाथ मन्दिर जाने वातावरणका लागि यो निर्णय गरेको प्रदेशका पर्यटन तथा देवस्थानमन्त्री विशवेन्द्र सिंहले जानकारी दिए।

राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ। उक्त सूचीमा भारत बाहिरको पहिलो गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो।

राजस्थान राज्य सरकारले गरेको पछिल्लो निर्णयअनुसार काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाई भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले नै व्यहोर्नेछ। यसअघि भारतभित्रैका ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १२ : ३९ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर