सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते  « Khabarhub

सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते भएका छन् ।

आइतबार दिक्तेलबाट काठमाडौँ जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् ।

बोलेरोको ठक्करबाट सुमो चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको प्रहरीचौकी रातामाटा सिन्धुलीले जनाएको छ ।

यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ का निरमायाँ मगर, भक्तबहादुर मगर र सिन्धुली तिनपाटन गाउँपालिका–९ का रञ्जना खुलाल घाइते भएका छन् । यस्तै, बोलेरो चालक धादिङको थाक्रे गाउँपालिका–३ का किरण मिजार पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको धुलीखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ४६ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी