लसुनले पाएन मूल्य | Khabarhub Khabarhub

लसुनले पाएन मूल्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम (पूर्व)- लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङका लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १०० का दरले लसुन बिक्री गर्न चाहन्छन् ।

एक किलोको  रु १००मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए । अहिले आफूसँग मात्रै १० क्विन्टलको हाराहारीमा लसुन भएको उनको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका खड्काले अहिले भने उत्पादन घटेको बताए। यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए।

उनका अनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हाराहारीमा लसुन छ । चुनवाङकै पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए। बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उनको भनाइ थियो ।

यस वर्ष चुनवाङमा ४३२ दशमलब ३५ मेट्रिक टन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए। उनका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ४२ बजे

भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भूमिसम्बन्धी केही नेपाल

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ

उत्तर कोरियाले पाँच हजार टनको विध्वंसक युद्धपोत बनाउने

सोल- उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा

 काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको