आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीद्वारा प्रदर्शन | Khabarhub Khabarhub

आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीद्वारा प्रदर्शन


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् । 

प्रस्तावित ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन् । कर्मचारीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । उनीहरूले नासु मारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमा बढुवा हुने व्यवस्था गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरुवात गर्नुपरेको कर्मचारीहरूले जनाएका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ५५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका