पाकिस्तानको बलोचिस्तानमा सैनिक हेलिकोप्टर खसालेको विद्रोहीको दाबी « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा सैनिक हेलिकोप्टर खसालेको विद्रोहीको दाबी


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोही लडाकुहरुले सेनाको हेलिकोप्टर खसालेको दाबी गरेका छन् ।

बलोचिस्तानमा सक्रिय विद्रोही समूहहरुको छाता संगठन बलोच राजी आजोइ सङ्गरले विज्ञप्ति जारी गर्दै हवाईभेदी हतियारले होचो उचाइमा उडिरहेको सैनिक हेलिकोप्टर खसालेको दाबी गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको छ ।

मारिनेमा एकजना वरिष्ठ सैनिक कमाण्डर समेत रहेका छन् ।

बाढीबाट प्रभावितहरुको उद्दार एवम् खोजी अभियानमा रहेको सेनाको हेलिकोप्टरलाई लक्षित गरेको उक्त संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यता पाकिस्तानी सेनाले भने हेलिकोप्टर खसालेको विद्रोहीका दाबीलाई दुष्प्रचारको संज्ञा दिएको छ । सेनाले खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०३ बजे

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी