त्रिशुलीको कटानले जोखिममा रागिनास « Khabarhub

त्रिशुलीको कटानले जोखिममा रागिनास


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा रहेका छन् । शनिबार बिहान साढे ११ बजे त्रिशुलीको कटानले सहिदलखन गाउँपालिका ४ राइनास बजारका मनमाया राना र सोममाया रानाको घर पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ ।

मनमाया रानाको दुईतले दुईवटा पक्की घर जोखिममा परेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै सोममाया रानाको दुईतले पक्की घर जोखिममा परेको उनले बताउनु भयो । घर पहिरोको उच्च जोखिममा परेपछि मनमायाको चार जना परिबार र सोममायाको तीनजना परिवार विस्थापित भएका छन् ।

सो पहिरो स्थानीय रागिनास बजारको २५ मिटर नजिकसम्म पुगेकाले त्यहाँका २५ घरधुरी पनि जोखिममा परेको प्रहरीको भनाइ छ । यसैबीच जिल्ला सुरक्षा टिमले जोखिम रागिनास बस्तीको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सहायक प्रजिअ नेत्रप्रसाद शर्मालगायतको सुरक्षा टिमले शनिबार रागिनास पुगेर अनुगमन गरेको हो ।

अनगुमनपछि प्रजिअ मिश्रले जोखिममा रहेका घरपरिवारलाई तत्कालका लागि सुरक्षित स्थलमा गएर आश्रय लिन अनुरोध गरेका छन् । पछि घर पुनर्निर्माणका लागि सरकारले निर्धारित राहत रकम दिने प्रतिवद्धता पनि व्यक्त गरेका सहायक प्रजिअ शर्माले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ९ : ४७ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन