गाउँपालिकाबाट शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता | Khabarhub Khabarhub

गाउँपालिकाबाट शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो ।

पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए । उनीहरुका परिवारलाई मासिक रु एक हजार पाँच सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए । घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि रु पाँच सयदेखि रु एक हजार भत्ता दिने निर्णय गरिएको छ ।

गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए । पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ३५ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको