एडीबीको योजना सञ्चालनका लागि छलफल | Khabarhub Khabarhub

एडीबीको योजना सञ्चालनका लागि छलफल


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहमा एसियाली विकास बैंकको सहकार्यमा विकासका योजना सञ्चालनका लागि छलफल भएको छ ।

बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम सहरी करिडोर (६ वटा स्थानीय) अन्तर्गतका नगरका प्रमुख र एडिबी प्रतिनिधिबीच छलफल भएको हो । पश्चिम करिडोरअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना र पश्चिम नवलपरासीको रामग्राम गरी ६ वटा नगरपालिकामा विकासका ठूला योजना सञ्चालनका छलफल गरिएको हो ।

पश्चिम करिडोरका स्थानीय तहहरूमा विकासका योजना सञ्चालनका लागि भएको छलफल सकारात्मक रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए । ‘विकासका लागि एडिबीसँग भएको छलफल सकारात्मक रह्यो,’ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले भने, ‘छिट्टै नै स्थानीय तहमा पूर्वाधार विकासका योजना सञ्चालन  हुनेछन् ।’ छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्न सक्ने याेजनालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सिद्धार्थनगर नगरपालिकाको प्रमुख इस्तियाक अहमद खानले एडिबीको सहकार्यमा तहहरुमा सञ्चालन हुने योजनाले नगरका विकासमा थप टेवा पुग्ने बताए। उनले समयमै योजना सम्पन्न गर्न तहका कर्मचारीहरूको मुख्य भूमिका रहने भएकाले सबै स्थानीय तहका कर्मचारीले आफ्नै नगरको रूपमा काम गरेर मुलुकमा नमुना नगरहरूको रूपमा स्थापित गर्न आग्रह गरे ।

तहका प्रमुखहरूले एडिबीको सहकार्यमा सञ्चालन हुने योजना समयै सम्पन्न गर्न प्रतिबद्धता जनाए। छलफलमा एडिबीले तहहरूले आ-आफ्नो क्षेत्रमा सञ्चालन गर्न सकिने विकासका योजनाहरू तीन महिनाभित्र डीपीआर तयार गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १२ : ५६ बजे

आज २०८१ साल कात्तिक १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक १५ गते बिहीबार तदनुसार

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो