'ओलीको गुप्तचरी गरेका छैनौँ' | Khabarhub Khabarhub

‘ओलीको गुप्तचरी गरेका छैनौँ’


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केही सञ्चार माध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी गोपनीयताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताएका हुन् ।

उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरेका छन् । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा संवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि बताए।

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले मध्य भोटेकोसी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने, निक्षेप सुरक्षणको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख पुराउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने  करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

त्यस्तै मन्त्रीपरिषद्ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने, मन्त्रिपरिषद्को  सहसचिव दीपक काफ्लेलाई सचिवमा बढुवा गर्ने र लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ४३ बजे

‘जेन-जी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छ : प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक

शेखरको निष्कर्ष : मंसिरमा नसके पुसमा पन्ध्रौँ महाधिवेशन गरेर चुनावमा जानुपर्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ

बलिउड जोडी कट्रिन-विक्कीलाई पुत्रलाभ 

काठमाडौं– बलिउडका लोकप्रिय जोडी कट्रिना कैफ र विक्की कौशलले आफ्नो

संघीय संसद् र प्रदेश संसद्का पदाधिकारी सिंहदरबारमा जुटे (तस्बिरहरू)

काठमाडौं- संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक अहिले

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

इलाम– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुलाचुली गाउँपालिका-३ मिलन चोक