गठबन्धनले पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्छ : ओली « Khabarhub

गठबन्धनले पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्छ : ओली


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले १ वर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका हुन् ।

उनले देश बचाउन, देशलाई अघि बढाउन र देशको विकास गर्न एमालेको बहुमत आवश्यक पर्ने बताए । ओलीले यसपटकको निर्वाचनमुखी महासंग्राम जसरी भएपनि राष्ट्रवादी देशभक्ति शक्तिले जित्नुपर्ने बताए । एसपीपीका नाममा विदेशी हतियार भित्राएर नेपाली युवाहरूलाई बर्बाद पर्नेहरूलाई जनताले ठिक पार्नुपर्ने उनको भनाई छ । ओलीले कम्युनिष्ट पार्टी भन्नेहरू एमालेको सरकार ढाल्न कांग्रेसको पुच्छर बनेको तर्क समेत गरे ।

उनले समृद्ध नेपाली, सुखी नेपालीको आकाङ्क्षालाई पुरा गर्नका लागि एमालेमा जोडिन आह्वान समेत गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ०५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा