विवादले खेल क्षेत्र प्रभावित : अध्यक्ष महर्जन « Khabarhub

विवादले खेल क्षेत्र प्रभावित : अध्यक्ष महर्जन


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका- २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए ।

बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवको विषय भएको उनले बताए । साथै, उनले जिल्लाको खेलकुदको विकासमा गर्न सक्ने सहयोग गर्न सधैँ तत्पर रहेको पनि बताए ।

ललितपुर महानगरपालिका-२६ का वडा अध्यक्ष शुरेस महर्जनले क्लबको वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे । उनले अन्तर्राष्ट्रिय खेलमा भाग लिनका लागि आवश्यक कुरा वडामा आएर प्रष्ट पार्न सकिने बताए ।

कार्यक्रममा सोमाङ स्कुलका पूर्व प्रधानाध्यापक जीतबहादुर घलेले खेलप्रति माया भएकाले बुदोकैदो क्लबलाई २० हजार २२ रुपियाँ सहयोग गरे ।  बुदोकैदो अर्थात नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : २४ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी