लद्दाखमा भारतीय सेनालाई नयाँ बख्तरबन्द गाडी प्रदान, के छन् विशेषता ? « Khabarhub

लद्दाखमा भारतीय सेनालाई नयाँ बख्तरबन्द गाडी प्रदान, के छन् विशेषता ?


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लद्दाखमा तैनाथ भारतीय सुरक्षा बललाई नयाँ बख्तरबन्द गाडी प्रदान गरिएको छ । लद्दाखमा रहेका भारतीय सुरक्षा बललाई ‘इन्फ्यान्ट्री प्रोटेक्टेड मोबिलिटी भेइकल’ नामक बख्तरबन्द गाडी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस किसिमको बख्तरबन्द गाडीको १६ हजार फिटमाथि लड्ने क्षमता उच्च रहेको जनाइएको छ ।

यी बख्तरबन्द गाडीलाई पूर्वी लद्दाखको पठार क्षेत्रमा तैनाथ गरिने जनाइएको छ । यी गाडीहरुमा ३६० डिग्री घुम्नसक्ने मेसिनगन रहेको र यो मेसिनगनलाई रिमोटबाट नियन्त्रण गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१२ जनासम्म सैनिक बोक्न सक्ने यस गाडी बुलेटप्रुफ रहेको छ ।

हाल लद्दाखमा तैनाथ गरिएपनि उत्पादन बढ्दै जान थालेपछि अन्य क्षेत्रमा पनि प्रतिआतंकवादी कारवाहीका लागि यी गाडीहरु तैनाथ गरिने भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इण्डिया टुडेको अनलाइन संस्करणले जनाएको छ ।

यी गाडीहरुलाई भारतीय कम्पनी टाटा एड्भान्स्ड सिस्टम्स लिमिटेड नामक कम्पनीले उत्पादन गर्दै आएको छ । यी सवारीहरु गस्ती, सैनिकहरुको द्रुत तैनाथी एवम् आक्रामक कारवाहीका लागि प्रयोग हुनेछन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ३३ बजे

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा