नेयमारले पीएसजी जानु नै गल्ती ! | Khabarhub Khabarhub

नेयमारले पीएसजी जानु नै गल्ती !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारको चर्चा यतिबेला चुलिएको छ । क्लब फुटबलको सरुवा बजार खुला हुँदा नेयमार पनि पीएसजीबाट सरुवा हुने योजनामा रहेको र उनको क्लले पनि छाड्ने योजना बनाएको बहस भइरहँदा उनले ब्रार्सिलोनाबाट पीएसजी जान हुन्थ्यो वा हुदैनथ्यो भन्ने बहस पनि अन्तर्राष्ट्रिय मिडियाहरुले चलाइ रहेका छन् ।

यस्तैमा शनिबार बीबीसीले नेयमारबारेको बसमा उनले पीएसजी जाने निर्णय नै गलत गरेको फुटबल पत्रकार मिगुइल डेलानेले बताएका छन् ।

उनले बार्सिलोनामा उदीयमान खेलाडीका रुपमा रहेका नेयमारले पीएसजी जानु नै गलत भएको बताएका छन् । ‘अन्ततः उनले (नेयमार) पनि सम्झदै गएका छन् कि बार्सिलोनाबाट पीएसजी जानु ठूलो गल्त भयो भन्ने । केही व्यक्तिहरुसँग मात्रै बोल्दै उनले भन्ने पनि गरेका छन्, जो सँग उनी नजिक छन् ,’ डेलानेले भने, ‘त्यहाँ उनको भविष्य कता गइरहेको छ भन्ने पनि चिन्ता छ ।’

बार्सिलोनामा रहँदा स्टार खेलाडी लियोनल मेस्सीको छाँयामा पर्ने डरले पीउसजी गएका नेयमारलाई पुन बार्सिलोनाले भित्र्याउने इच्छा देखाएको समाचारहरुले दावी गर्दै आएका छन् । यद्यपी क्लबबाट खेल्दा समेत तीन खेलको प्रतिवन्धमा परेका नेयमारलाई बार्सिलोनाले दिने वा नलिने भन्ने यकिन भने भइसकेको छैन् ।
पीएसजीमा रहँदा यो सिजनमा खेलेका ३७ खेलका ३४ गोल गर्दै पीएसजीलाई लिग वान च्याम्पियन बनाएका उनी यतिबेला इनजड भएपछि आराम गरिरहेका छन् ।

२ सय २२ मिलियन युरोको विश्व कीर्तिमानमा पीएसजी गएका उनलाई पीएसजीले राम्रो रकम पाए छाड्ने बताइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : १३ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५