एसिया कप : रोहितको कप्तानीमा भारतीय टिम घोषणा « Khabarhub

एसिया कप : रोहितको कप्तानीमा भारतीय टिम घोषणा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ ।

६ टिम सहभागी १५औं संस्करणको प्रतियोगिता यस पटक टी-२० फर्म्याटमा हुनेछ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो । भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ ।

सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।

भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।

एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

भारती घोषित टिम:
रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), बिराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, रिशब पन्त (विकेट किपर), दिनेश कार्तिक (विकेट किपर), हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रबि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५० बजे

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा