एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिको विज्ञापन « Khabarhub

एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिको विज्ञापन


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किँदै गएको छ ।

नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् ।

सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनवाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए । तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ ।

माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक शिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : १८ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत