तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए « Khabarhub

तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानूनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ ।

अध्यागमन विभागका अनुसार २०७९ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो ।

नेपालबाट निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिकहरू रहेका छन् ।

गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको विभागले जनाएको छ ।

चिनियाँ र अमेरिकीपछि नेपालबाट निष्कासित हुनेमा तेस्रो ठूलो संख्या क्यानडेली र फ्रेन्च नागरिक रहेका छन् । सो अवधिमा १०–१० जना क्यानडेली र फ्रेन्च नागरिकलाई सरकारले निष्कासन गरेको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा निष्कासनमा पर्नेमा ९ जना बेलायत, ४ जना पाकिस्तान, १ जना अल्जेरिया, ४ जना अष्ट्रिया, २ जना अष्ट्रेलिया, १ जना बेलारुस, २ जना ब्राजिल, २ जना चिली, १ जना चेक रिपब्लिक, ३ जना जर्मनी, २ जना इन्डोनेसिया, ५ जना आयरल्याण्ड, १ जना इजरायल र ३ जना इटालीका नागरिक रहेका छन् ।

यस्तै, ३ जना जापान, २ जना दक्षिण कोरिया, १ जना मेक्सिको, २ जना नेदरल्याण्ड्स, ३ जना फिलिपिन्स, १ जना रोमानिया, ३ जना रुस, १ जना स्पेन, १ जना श्रीलंका, १ जना स्वीडेन, १ जना स्वीट्जरल्याण्ड, ३ जना थाइल्याण्ड, ३ जना उज्वेकस्तान र ४ जना भियतनामका नागरिकलाई पनि सरकारले निष्कासन गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : १६ बजे

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई