सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो « Khabarhub

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै सोमबार प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने एकै पटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ०४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि