आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प « Khabarhub

आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिराले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार  भएको छ । सिलिचोङ–१ को सिसुवाखोला, वडा नं २ को बाला र ३ को ताम्कुका आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत् गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए । पहिराले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु जलविद्युतको प्रसारण ठप्प भएको उनले बताए । विद्युत् आपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत् ठप्प भएपछि राइस मिल बन्द भएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ५२ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले