जलेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा « Khabarhub

जलेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । नगर खोप समन्वय समिति र नगरपालिकाद्वारा आज आयोजना गरिएको पूर्ण खोप घोषणा कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनारले यस नगरलाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेका हुन्।

उनले नगर क्षेत्रभित्र जन्मेका र जन्मने प्रत्येक बालबालिकाले आवश्यक सम्पूर्ण खोपहरू पाउने र पाइरहेको पनि बताए। त्यस्तै महिलाहरूका लागि पनि आवश्यक सबै खोप उपलब्ध रहेको र सबैले सबै खोप पाइरहेकाले जलेश्वरलाई पूर्ण खोप घोषणा गरिएको जानकारी दिँदै नगरप्रमुख सोनारले नगरभित्रका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा प्रत्येक खोपको व्यवस्था रहेको तथा अब खोपकै अभावमा यहाँका कुनै पनि बालबालिका तथा महिलाहरू कुनै पनि रोगको सिकार भएर मृत्युवरण गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता पनि प्रकट गरे।

जलेश्वरलाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गराउनमा यस नगरभित्रका स्वास्थ्य संस्थाहरूमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकासहित स्वास्थ्य समूहलाई सम्मान गरिएको थियो  ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा