तीन दशकपछि समातिएका चाटुकारको कथा | Khabarhub Khabarhub

तीन दशकपछि समातिएका चाटुकारको कथा


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पासाको नामले समेत चिनिने ओमप्रकाश उत्तर भारतीय प्रान्त हरियाणाको प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेको खुलासा भएको छ। सेनाका पूर्व कर्मचारी उनी ३० वर्षदेखि डकैतीमा संलग्न समूहसँग सम्बन्धित रहेको कारण प्रहरीको ‘वान्टेड’ सूचीमा थिए। हरियाणाबाट उत्तर प्रदेश पुगेका उनले त्यहाँ वैधानिक डकुमेन्ट मात्र बनाएनन्। त्यहीँकी महिलासँग घरजम गरेर तीन बच्चालाई जन्मसमेत दिए।

यिनको भाग्य एकाएक यसै साता जब बदलियो कि प्रहरीले उनकै घरबाट राति गिरफ्तार गरेको थियो। यी ६५ वर्षीया वृद्धलाई गाजीयावादबाट गिरफ्तार गरिएको हो। गिरफ्तार अगाडिसम्म उनी त्यहाँ ट्रक चलाउने काम मात्र गरेनन्। भजन गाउने, साङ्गीतिक क्षेत्रमा सक्रिय हुने तथा कम बजेटका २८ चलचित्रमा खेल्नेसमेत कम गरे।

प्रहरी हिरासतमा रहेको ओम प्रकाशले आफ्नो कुनै धारणा सार्वजनिक गरेका छैनन्। तर, यस घटनाको छानबिनमा संलग्न हरियाणा स्पेसल टास्क फोर्सका सब इन्स्पेक्टर विवेक कुमारले जनाए अनुसार सन् १९९२ मा भएको एउटा हत्यामा संलग्न भएको आरोप उनीमाथि छ। यी नटवरलालको कथा साँच्चै आश्चर्यजनक छ।

६५ वर्षीया वृद्धलाई गाजीयावादबाट गिरफ्तार गरिएको हो। गिरफ्तार अगाडिसम्म उनले त्यहाँ ट्रक चलाउने काम मात्र गरेनन्। भजन गाउने, साङ्गीतिक क्षेत्रमा सक्रिय हुने तथा कम बजेटका २८ चलचित्रमा खेल्नेसमेत कम गरे।

हरबान नगरको साँघुरो गल्लीमा उनको घर छ जो कोहीलाई त्यहाँ पुग्न पनि त्यत्ति सहज छैन। त्यहाँ २५ वर्षदेखि उनलाई साथ दिइरहेकी श्रीमती राजकुमारी सहित छोरा छोरी बस्ने गरेका छन्। उनकी श्रीमतीलाई त श्रीमानको विगतको बारे केही पनि अत्तो पत्तो रहेनछ। उनको परिवार बचाउमा लागि कुनै प्रयास गर्ने तयारीमा छैन। परिवारमा समेत एक खालको आक्रोश छ।

‘मैले ऊसँग सन् १९९७ मा विवाह गरेको हुँ। उनी विवाहित हुन् र हरियाणामा राम्रो घरजम भएको छ भन्ने पनि मलाई थाहा थिएन,’ राजकुमारीले भनिन्। हरियाणाको पानीपात प्रान्तको नारायणा गाउँमा ओम प्रकाशको वास्तविक घर हो। त्यहाँ उनी ट्रक ड्राइभरको रूपमा कम गर्थे। उनी हिग्नल गणमा आबद्ध भएर ट्रक चलाउने गरेका हुन्।

प्रहरी श्रोतकै अनुसार ओम प्रकाशमाथि हत्या आरोप लागेका त्यो घटना भन्दा अगाडि पनि कानुनसँग बाझिएका थुप्रै घटना थिए। सन् १९८८ बाट नै ओम प्रकाश कार्यक्षेत्रबाट गायब नै भएका थिए। सन् १९८६ मा कार चोरी गरेका उनले चार वर्षपछि लुगा सिउने कल र स्कुटरसमेत चोरेका थिए। ती धेरै अपराध भिन्नाभिन्नै जिल्लामा भएका थिए। धेरै पटक उनलाई प्रहरीले गिरफ्तार गरे पनि प्रहरीले धरौटीमा छाड्ने गरेका थिए।

घटनाको छानबिनमा संलग्न हरियाणा स्पेसल टास्क फोर्सका सब इन्स्पेक्टर विवेक कुमारले जनाए अनुसार सन् १९९२ मा भएको एउटा हत्यामा संलग्न भएको आरोप उनीमाथि छ।

सन् १९९२ मा ओम प्रकाश र अर्को एक व्यक्ति मिलेर मोटरसाइकलमा आएका व्यक्तिलाई लुट्ने प्रयास गरेका थिए। ती व्यक्तिले प्रतिकार गरेपछि उनीहरूले छुरा प्रहार गरेका थिए। गाउँलेहरू आएपछि उनीहरू भागाभाग गरेका थिए।

अर्को व्यक्ति समातिएर आठ वर्ष जेलमा बस। उनी पनि केही रकम हर्जाना तिरेर निस्किएका छन्। त्यसपछि हराएका ओम प्रकाशको फाइल नै प्रहरीले थन्क्याइसकेको थियो। अहिले प्रहरीले ओम प्रकाशको विगतको बारे सबै कुरा सार्वजनिक गर्न थालेको छ। हत्या आरोप लागेको एक वर्षसम्म उनी दक्षिण भारतको तामीलनाडु र आन्ध्र प्रदेशमा रहेका मन्दिरमा शरणका लागि पुगेका थिए।

एक वर्ष उत्तर भारतमा फर्केका उनी घर नगएर उत्तर प्रदेशको गाजीयावादमा पुगे। त्यस स्थान उनको घरबाट १ सय ८० किलोमिटर टाढा हो। गाजीयावादमा ट्रक चलाउने काम पाएपछि उनले त्यहीँ काम सुरु गरे। सन् १९९७ मा राजकुमारीसँग विवाह गरेका उनलाई बजरंगबली या बजरंगी पनि भनिन्थ्यो। सन् १९९० को दशकमै उनले भिडियो क्यासेट बिक्री गर्ने तथा भाडामा दिने काम गर्ने गरेका थिए। उनलाई फौजी ताउ अर्थात् आर्मी अङ्कल पनि भनेर मान्छेले चिन्ने गरेका थिए। सन् २००७ बाट उनले स्थानीय हिन्दी भाषाको चलचित्रमा पनि अभिनय गरे। ती चलचित्रमा उनी गाउँ प्रमुख, खलनायक र प्रहरीको भूमिकामा देखिए। कतिपय चलचित्रमा उनले आवाज मात्र दिने काम पनि गरेका थिए।

सन् १९९० को दशकमै उनले भिडियो क्यासेट बिक्री गर्ने तथा भाडामा दिने काम गर्ने गरेका थिए। उनलाई फौजी ताउ अर्थात् आर्मी अङ्कल पनि भनेर मान्छेले चिन्ने गरेका थिए।

उनकै फिल्म टकराबको एउटा गीत युट्युबमा मात्र ७६ लाख पटक हेरिएको छ। त्यस फिल्मको अन्य दृश्य पनि धेरै पटक हेरिएको छ। उनले त्यही रासन कार्ड र मतदाता परिचय पत्र नै बनाएका थिए। तर, त्यहाँ उनले एउटा गल्ती गरेका थिए। जुन गल्तीले उनी अन्त्यमा प्रहरीको फन्दामा परेका छन्। उनले आफ्नो र बाबुको सही नाम राखेका थिए। ओम प्रकाशको नयाँ परिवारलाई उनको विगतको बारे कुनै जानकारी नभएको कुरामा प्रहरी पनि सहमत छ।

विवाहपछि नै ओम प्रकाशले केही कुरा लुकाइ रहेको छ भन्ने कुरा राज कुमारीलाई महसुस नभएको होइन। उनले नारायणा गाउँमा लगेर श्रीमतीसँग दाजुभाइ र परिवारलाई साथी भनेर परिचय गराएका थिए।

त्यसको केही वर्षपछि उनको पुरानो श्रीमती घर अगाडि नै आएर हल्ली खल्ली मच्चाए पनि राजकुमारीले उनी विवाहित भएको पत्तो पाए। त्यसै दिन राजकुमारी र त्यस टोलका लागि उसको पुरानो जीवन भएको तथा ढाट र छल गरेको पत्तो पाएका थिए। त्यसपछि यिनीहरू सधैँ झगडा गर्न थाले। राजकुमारीको विचारमा उनले लामो दूरीको ट्रक ड्राइभरको पेसा रोज्नुको कारण नै बीचमा केही समय निकालेर अर्को परिवार भेट्न जानकै लागि हो।

सन् २००७ बाट उनले स्थानीय हिन्दी भाषाको चलचित्रमा पनि अभिनय गरे। ती चलचित्रमा उनी गाउँ प्रमुख, खलनायक र प्रहरीको भूमिकामा देखिए।

सन् २००७ मा ओमप्रकाश फेरि हराएका थिए। राजकुमारी प्रहरी कहाँ पुगेर उनीसँग सम्बन्ध बिताउन नसक्ने जानकारी दिइसकेकी थिइन्। तर, सात वर्षपछि उनी फेरि फर्केर आएपछि यी दुईबीच दोस्ती भएको थियो। १४ वर्षीय छोरी रिस उठेकै भए पनि नाम नै लिएर बोलाउन थालेपछि केही खाने कुरा दिने गरेको बताउँछिन्। एक पटक छोरीको आशङ्कामा हरियाणा प्रहरीले उनलाई लिएर पनि गएको थियो। ‘त्यस समयमा ६ या सात महिना जेलमा बिताएका उनी घरमा आएर सफाइ पाएको बताएका थिए’, उनले भने।

गिरफ्तारको बाबजुद उनको फरार हत्याराको सूचीमा कतै नाम भेटिन सक्छ। हरीको रेकर्डमा यो पुग्न बाँकी हुन सक्छ। सन् २०२० मा हरियाणा प्रहरीले सङ्गठित अपराधको छानबिन गर्न टास्क फोर्स गठन गरेको थियो। यसमा हत्या, चोरी मादक पदार्थको बिक्री लगायतका विषय थिए। यसै समयमा ओम प्रकाशको फाइल फेरि खोलिएको थियो।

सूचना दिनेलाई २५ हजार भारतीय रुपैयाँ पुरस्कार पनि तोकिएको थियो। यस भन्दा अगाडि पनि धेरै जना अपराधी समातिएका थिए। तर, यसरी वर्षौँपछि पक्रनेहरू शृङ्खलावद्ध हत्या र अपराध गर्ने मात्र थिए। यो भने नयाँ ढङ्गको प्रकरण थियो।

भारतमा एउटा अपराधी ३० वर्षपछि समातिएको यो घटना रोमाञ्चक त छ नै। साथै पछिल्लो समय हरियाणाले बनाएको यो टास्क फोर्स पनि उपलब्धि मूलक बनेको छ।

प्रहरीले नारायणा गाउँमा गएर ५० देखि ६० वर्ष उमेर समूहमा कसैलाई ओमप्रकाशको याद भए या नभएको कुरा सोधेको थियो। त्यहीँबाट प्रहरीले दुई दशक पछि गाउँमा आएको तथा हाल उत्तर प्रदेशमा बसोबास गरेको पत्ता लगाएको थियो। अर्को प्रयासमा प्रहरीले ओम प्रकाशको नाममा दर्ता भएको फोन नम्बर मार्फत ट्रेसिङ गर्दै नजिक पुगेको थियो।

घर नजिक गएर धेरै साता बिताएको प्रहरीका लागि उनलाई गिरफ्तार गर्न यस कारण कठिन थियो कि प्रहरीसँग ३० वर्ष पुरानो फोटो मात्र थियो। प्रहरी एकदमै शतर्क थियो। किनकी उनीहरूलाई थाहा थियो कि एउटा गलत कदमले अर्को ३० वर्ष जान सक्थ्यो। प्रहरीले त अहिले सही व्यक्तिलाई पक्रिएको छ। परन्तु, अदालतमा यी सबै कुरा पुष्टि गर्ने चुनौती त बाँकी नै छ।

भारतमा एउटा अपराधी ३० वर्षपछि समातिएको यो घटना रोमाञ्चक त छ नै। साथै पछिल्लो समय हरियाणाले बनाएको यो टास्क फोर्स पनि उपलब्धि मूलक बनेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ४७ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक