देशका विभिन्न स्थानमा चार जना मृत फेला  « Khabarhub

देशका विभिन्न स्थानमा चार जना मृत फेला 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, ललितपुर, रोल्पा र डडेलधुरामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका–७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

रोल्पाको रोल्पा नगरपालिका–१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका–१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

डडेलधुराको अमरगढी नगरपालिका–२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका–५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : १४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल