बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा सपथ ग्रहण « Khabarhub

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा सपथ ग्रहण


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नितिश कुमारले सपथ ग्रहण गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीका अनुसार नितिश कुमारले राज्यको मुख्यमन्त्रीका रुपमा कीर्तिमानी आठौँ पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपासँगको सत्ता साझेदारी त्यागेसँगै राज्यमा राजनीतिक समीकरणमा फेरबदल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मङ्गलबार उनले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनले बिहारका राज्यपाल फागू चौहानलाई भेटेर राजीनामापत्र बुझाएका थिए ।

राजीनामा दिएको भोलिपल्ट नै उनी पुन: मुख्यमन्त्रीमा पदासिन भएका छन् । सातदलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो ।

तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् । राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए ।

राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ०१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध