अत्यधिक बर्षाका कारण दक्षिण कोरियामा नौ जनाको मृत्यु « Khabarhub

अत्यधिक बर्षाका कारण दक्षिण कोरियामा नौ जनाको मृत्यु


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरियामा अत्यधिक बर्षाका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् ।

बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो ४.२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो ।

बर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न आश्रय स्थलहरुमा लगेर राखिएको छ ।

अहिले दक्षिण कोरियामा देशभरी गरेर कूल एक हजार २५३ जना बर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७२४ घरका हुन् ।

बर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारी साधन डुवानमा परेका छन् । बर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरूलाई पनि प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : १२ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको