कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सर्लाही- पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कारको ठक्करबाटआज विहान मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । घाइते ढुंगेलको उपचारको क्रममा बिरगंज अस्पतालमा मृत्यु भएको हो ।

ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो । घटनामा संलग्न कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : १६ बजे

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा