कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा « Khabarhub

कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन्। झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन्।

स्वास्थ्यकर्मी र वैज्ञानिकसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे। महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो। ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो।

उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो। जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन्।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : ३८ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ