सिंगापुरबाट थाइल्यान्ड जान सक्छन् गोटावाय राजापाक्षे « Khabarhub

सिंगापुरबाट थाइल्यान्ड जान सक्छन् गोटावाय राजापाक्षे


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक- जनप्रदर्शनका कारण देश छाडेर सिंगापुर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार थाइल्यान्ड जाने अनुमान गरिएको छ । गत महिना ठूलो प्रदर्शनबीचमा आफ्नो टापु राष्ट्र छोडेपछि राजापाक्षे दोस्रो दक्षिणपूर्वी एसियाली देशमा अस्थायी रूपमा बस्ने अपेक्षा गरिएको छ ।

राजापाक्षे जुलाई ११ मा सिंगापुर भागेका थिए ।  सात दशकपछिकै सबैभन्दा खराब आर्थिक संकटबीच अभूतपूर्व अशान्तिसँगै हजारौँ  प्रदर्शनकारी निवासमा प्रवेश गरेको केही दिनपछि, उनले पदबाट राजीनामा दिएका थिए ।

पूर्वसैन्य अधिकारीसमेत रहेका गोटाबाया बिहीबार सिंगापुरबाट थाइल्याण्डको राजधानी बैंककको यात्रा गर्ने अपेक्षा गरिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तर, उनी कति बजे थाइल्यान्ड पुग्छन् भन्ने बारेमा केही खुलाइएको छैन ।

राजापाक्षेले राजनीतिक शरण लिने कुनै आशय नराखेको र उनी अस्थायी रूपमा बसेको सिंगापुरका अधिकारीहरूले जनाएका छन् ।

‘यो एक मानवीय मुद्दा हो र एक अस्थायी बसाइ हो’, प्रधानमन्त्री प्रयुथ चान–ओचाले सञ्चारकर्मीलाई भने ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १ : १३ बजे

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा