विश्व इतिहासमा आज : अन्तिम क्वागाको मृत्युदेखि ग्रीष्मकालीन ओलम्पिकको समापनसम्म  « Khabarhub

विश्व इतिहासमा आज : अन्तिम क्वागाको मृत्युदेखि ग्रीष्मकालीन ओलम्पिकको समापनसम्म 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २७ गते शुक्रबार । सन् २०२२ को अगस्ट १२ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २०१२ अगस्ट १२ मा लन्डनमा भएको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह भएको थियो ।

सन् २००५ अगस्ट १२ मा ‘लिबरेशन टाइगर्स अफ तलिम इलम’ एलटीटीइका एक स्नाइपरले श्रीलंकाका विदेश मन्त्री लक्ष्मण कादिरगमारलाई आफ्नै घरमा मारे ।

सन् २००० अगस्ट १२ मा ब्यारेन्ट्स समुन्द्रमा भएको सैन्य अभ्यासमा रुसी नौसेना पनडुब्बी के–१४१ कुर्सक विस्फोट भई डुबेको थियो ।

सन् १९९० अगस्ट १२ मा दक्षिण ड्याकोटाको फेथस्थित एक चट्टानमा विशाल डायनासोरसको जीवाश्मा भेटिएको थियो । अमेरिकी प्यालेन्टोलोजिस्ट सु हेन्ड्रिक्सनले भेटाएका सो जीवाश्मा टीरानोसोरस रेक्सको थियो । अनुशन्धानपश्चात जीवित अवस्थामा सो डायनासोरस १४ फिट अग्लो रहेको पत्ता लाग्यो ।

सन् १९७८ अगस्ट १२ मा लेबनानी नागरिक युद्धको क्रममा प्यालेस्टाइन शरण शिविरमा तेल अल–जातर नरसंहार भएको थियो ।

सन् १९९७ अगस्ट १२ मा स्पेस शटल इन्टरप्राइजले आफ्नो पहिलो निःशुल्क उडान र अवतरण सुरु गरेको थियो ।

सन् १९७६ अगस्ट १२ मा आइबीएम नीजी कम्प्युटरको पहिलो पटक विक्रीको लागि राखिएको थियो । आइसीएम पीसी वा आइबीएल ५१५० को नामले चिनिने सो कम्प्युटरमा हार्ड डिस्क थिएन । एक कम्प्युटर १५०० डलरमा बिक्री भएको थियो ।

सन् १९८५ अगस्ट १२ मा माउन्ट ताकामगहरामा जापान एयरलाइन्स फ्लाइट १२३ दुर्घटना हुँदा ५२० मानिसको मृत्यु भएको थियो ।

सन् १९२२ अगस्ट १२ मा वासिङ्टन डीसीमा भएको फ्रेडरिक डगलसको निवासलाई स्मृति भवन घोषणा गरिएको थियो ।

सन् १८८३ अगस्ट १२ मा एम्स्टर्डमस्थित नेचुरा आर्टिस मजिस्ट्रा चिडियाखानामा विश्वको नै अन्तिम क्वागाको मृत्यु भएको थियो । दक्षिण अफ्रिकामा क्वागा जेब्रा जस्तो देखिने जनावर थियो। जसको केवल अघिल्लो भागमा धारहरु हुने गर्थे । मानिसहरुको क्वागाको छाला र मासुको लागि अत्यधिक सिकार गर्ने प्रवृत्तिले क्वगा लोप भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ५१ बजे

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या