६ लाख नगदसहित १३ जुवाडे पक्राउ | Khabarhub Khabarhub

६ लाख नगदसहित १३ जुवाडे पक्राउ


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रु छ लाख एक हजार नगदसहित १३ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जना विरुद्ध आइतबार नै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

यसैबीच, भक्तपुर नगरपालिका–१० कमलविनायकमा उपेन्द्र ढकालको घरमा डेरागरी बस्दै आएका ४५ वर्षीय राजकुमार थापा मृत अवस्थामा भेटिएका छन् । थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

ठेगाना खुल्न नसकेका थापाको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : १० बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी