घुस लिएको आरोपमा असई परे अख्तियारको फन्दामा « Khabarhub

घुस लिएको आरोपमा असई परे अख्तियारको फन्दामा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना सेवाग्राहीसँग घुस लिएको आरोपमा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवाललाई पक्राउ गरेको छ ।

प्रहरी चौकी झोक्राहामा कार्यरत कटवालले वन मन्त्रालयबाट आएको पक्राउ पुर्जी मिलाइदिने आश्वासनमा सेवाग्राहीसँग ७ हजार घुस लिएको आरोप छ ।  घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको अख्तियारको टोलीले कटवाललाई आइतबार पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो ।

यस्तै आयोगले जग्गा हाल साबिक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ५० हजार घूस मागेको अभियोगमा नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आरोपीद्वयलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदातमा मुद्दा दायर गरिएको हो । त्यस्तै आयोगले महोत्तरीको एकडारा गाउँपालिका–४ का निर्वाचित वडा सदस्य रामचन्द्र राय यादवविरुद्ध पनि आइतबार नै  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३६ हजार घूस लिएको अभियोग यादवमाथि लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको समेत माग गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ३३ बजे

राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्दै सरकार

काठमाडौं– राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?

काठमाडौँ– निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य

पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा

विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली 

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि