भारतमा एकै दिन १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिए, ४१ जनाको मृत्यु « Khabarhub

भारतमा एकै दिन १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिए, ४१ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित पाइएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ५३ हजार चार सय ६४ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार आठ सय ६१ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १६ हजार चार सय ५४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ९ हजार पाँच सय ६६ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ९९ लाख ६३ हजार पाँच सय ५५ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ३४ बजे

सर्वदलीय बैठकबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी