जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु « Khabarhub

जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र) को जङ्गलमा घाँस काट्न गएका गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीको जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

“उनीहरु आज आफ्नो घरदेखि तीन/चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरियामा (जङ्गलमा) घाँस काट्न गएका रहेछन्”, सूचना अधिकारी कार्कीले भने, “घाँस काट्न गएका उनीहरु अबेरसम्म नफर्किएपछि आफन्तले ४ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरे ।”

खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाइन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसले खोज तलास गर्दै जाँदा दुवैलाई जङ्गली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ४४ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा