सुरुवातमै म्यान्चेष्टर युनाइटेडको नाजुक प्रदर्शन | Khabarhub Khabarhub

सुरुवातमै म्यान्चेष्टर युनाइटेडको नाजुक प्रदर्शन

रोनाल्डोलाई अर्को संकट, प्रशिक्षकको जागिर धरापमा



‘क्लास अफ ९२’

त्यो फुटबल टोली जसले म्यानचेष्टर युनाइटेडलाई विश्वमा नै पहिचान दियो । त्यो युनाइटेडका सफल प्रशिक्षक सर एलेक्स फर्गुसनले बनाएको एक सफल टोली थियो । यसै टोलीको कालखण्डलाई युनाइटेडको स्वर्णयुगको रुपमा पनि चिनिन्छ ।

यस टोलीमा डेभिड बेकहाम, रायन गीग्स, निक्की बट र ग्यारी नेभाइल जस्ता खेलाडीहरूको उपस्थिति थियो । यो टोलीले युनाइटेडलाई ६ प्रिमियर लिग, २ एफए कप, २ एफए कम्युनिटी शिल्ड, १ च्याम्पियन्स लिग र एक इन्टरकन्टिनेन्टल कपको उपाधि जिताएको थियो ।

तर, दुई दशकपश्चात युनाइटेड आश्वासनको लागि पनि हारगुहार गर्छ भने कसैले सोचेको थिएन । अहिले ठीक यस्तै भइरहेको छ । यो सिजन म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा हाँसो मजाकको टिम बनिरहेको छ ।

शनिबार भएको ब्रेन्टफर्डविरुद्धको खेलमा युनाइटेडले पहिलो हाफमा नै ४–० गोलको क्षति बेहोरेसँगै उसको क्षमतामा नै प्रश्न चिन्ह खडा भएको छ । ब्राइटनविरुद्धको पहिलो खेलमा पनि युनाइटेड २–१ गोलले पराजित भएको थियो ।

सो खेलमा प्रमुख खेलाडी क्रिष्टियानो रोनाल्डो बेन्चमा थिए । दोस्रो हाफमा उनी मैदान छिरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ब्रेन्टफर्डविरुद्धको खेलमा रोनाल्डो सुरुदेखि नै खेलेका थिए । तर टिमले झन् ठूलो हार बेहोर्‍यो ।

लगातार दोस्रो हारपछि युनाइटेड प्रिमियर लिग अंक तालिकाको पुछारमा छ । दुवै खेलमा प्रभावशाली जित निकालेको म्यानचेष्टर सिटी भने शीर्ष स्थानमा छ ।

सहरी प्रतिद्वन्द्वी बलियो अवस्थामा हुँदा युनाइटेड निकै जटिल अवस्थामा छ । अब तेस्रो खेलमा पनि हार व्यहोरे प्रशिक्षक एरिक टेन ह्याग बर्खास्त हुनेछन् ।

अजाक्सका सफल प्रशिक्षक ह्यागको प्रशिक्षणमा युनाईटेड झन् खराब अवस्थामा पुगेको छ । दुई वर्ष अघिको सिजनमा युनाईटेड दोस्रो स्थानमा थियो । तर दुई वर्षमा युनाईटेड झन् खराब हालतमा पुगेको छ । यसका पछाडि टिम व्यवस्थापन गर्न नसकेका प्रशिक्षकको जागिर धरापमा पर्नु स्वभाविक हो । यो युनाईटेडको अगाडि देखिएको झन् डरलाग्दो बाटो हो ।

हारका सम्भावित कारण
पराजय पछिको कारण जे भएपनि यसले युनाइटेडको छविलाई निकै असर गरेको छ । युनाइटेडका समर्थकहरूले पनि एक लज्जास्पद अवस्थाको चरम विन्दुको सामना गरिरहेका छन् । युनाइटेडको लागि रणनीति र वास्तविकतामा ठुलो अन्तर आएको पनि सहजै देख्न सकिन्छ ।

अर्को, युनाइटेडलाई डुब्दै गएको घाम बनाउनमा खेलाडीबीचको संयोजनको अभाव पनि मुख्य पाटो बनेको छ । युनाइटेडको विगतको २ खेललाई हेर्दा पनि खेलाडीहरूको बीच राम्रो तालमेलको पनि अभाव देखिन्छ ।

गोल रक्षक डेभिडको प्रदर्शन पनि सन्तोषजनक छैन । दोस्रो पराजयको जिम्मा आफैले लिए पनि एक दशकभन्दा बढि युनाइटेडमा रहेका डेभिडको तालिमलाई विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

साथै कप्तान ह्यारी मेग्वायरको नेतृत्वले पनि आमूल परिवर्तन ल्याउन सकेको छैन । उसो त उनी गएको सिजनदेखि नै विवादित छन् । उनले पटक पटक गल्ती दोहोर्याएका छन् । सम्भवतः ओल्ड ट्राफोर्ड अब ह्यारीलाई पनि बिदा गर्नुपर्ने निष्कर्षमा पुग्न सक्छ । उनीबाट टिमको नेतृत्व र जितको कुरा सम्भव देखिदैन ।

अहिले युनाइटेड लक्ष्य बिना हिँडेको यात्री जस्तो देखिन्छ । जसलाई कता पुग्नु छ । कसरी पुग्नु छ । केही पनि थाहा छैन । केवल आफू जीवित छु भन्ने आशय दिन खेलिरहेको देखिन्छ । खेलाडीहरूमा पनि उर्जा र हामी एक जित्ने टोली हौँ भन्ने उत्साह छैन ।

रोनाल्डोलाई अर्को संकट
विश्वमा नै आफूलाई गोल मेसिनका रुपमा स्थापित गरिसकेका क्रिस्टियानो रोनाल्डोको अहिलेको अवस्था भने युनाइटेडमा भने झन् संकटमा परेको छ । उनले सुरुवातै क्लब छाड्न चाहेका थिए ।

तर टिम व्यवस्थापक र प्रशिक्षकले उनलाई क्लब छाड्न दिएनन् । उनी क्लबमा हुँदा म्यान्यु माथिल्लो स्तरको प्रदर्शन गर्न सक्ने अनुमान थियो । तर अहिले त्यो भइरहेको छैन । उल्टै रोनाल्डोलाई संकट परिरहेको छ ।

रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । यसमा दुईमत छैन । तर उनलाई भरपर्दो साथ दिन नसक्नु त्यो युनाइटेडको गल्ती हो । रियल म्याड्रिडमा हुँदा रोनाल्डोका लागि करिम बेन्जेमा एक विश्वासिलो पात्र बनेका थिए । त्यसमाथि ग्यारेथ बेल आएपछि रोनाल्डोले टिमलाई उपाधि दिलाउन थालेका थिए । तर अहिले उनको खस्किँदो उमेरमा त्यो सम्भव देखिदैन ।

टिमको यही अवस्थाले रोनाल्डोले क्लब छोड्ने आशय बनाउनु पनि स्वभाविक नै हो । यस्तो बेला रोनाल्डो टोलीबाट निस्किन्छु भन्दा पनि क्लबले उनलाई रिलिज नगर्नु अर्को समस्या देखिन्छ ।

अब रोनाल्डोसहितको टिमलाई व्यवस्थापन गर्न प्रशिक्षक ह्यागलाई असम्भव जस्तै देखिन्छ । उनको नेतृत्वमा टिमका खेलाडीले जित्ने आशा पनि राख्न छाडेका छन् । यस्तो अवस्थामा युनाइटेड व्यवस्थापक अब आफैँ अगाडि सरेर निर्णय गर्नुपर्ने हुन सक्छ ।

जसका कि तत्काल टिमका खेलाडीको कमजोरी सुधारेर प्रदर्शन राम्रो गर्नुपर्छ । होइन भने प्रशिक्षक ह्यागको बर्खास्ती । तर यसका लागि कम्तीमा अबका दुई खेल महत्वपूर्ण हुनेछन् । त्यो रोनाल्डो र प्रशिक्षक ह्याग दुवैका लागि उत्तिकै महत्वपूर्ण छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : २२ बजे

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक