संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल | Khabarhub Khabarhub

संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- संघीय शासन प्रणाली सवलीकरण विषयमा  छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो ।

राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तरक्रियाको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवं प्रतिनिधहरु, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रिकाहरूको छलफलमा सहभागिता रहेको छ।

नेपालको संविधानको धारा ५६ (२) को कार्यान्वयनको अवस्था, राष्ट्रिय सभा नियमावली २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । सोही बमोजिम सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ११ बजे

पाकिस्तान र इरानबाट एक लाख बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तान र इरानबाट गत एक महिनामा एक लाख १५

कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा प्रवेश गरेका

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक

मुग्लिन-मलेखु सडक विस्तार सुस्त गतिमा

चितवन– मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको

राजनीतिक स्थायित्वका लागि एमालेसँग सहमति : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले संविधान निर्माणपछिको अनुभवलाई मध्यनजर गरेर राजनीतिक स्थायित्व