संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल « Khabarhub

संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- संघीय शासन प्रणाली सवलीकरण विषयमा  छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो ।

राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तरक्रियाको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवं प्रतिनिधहरु, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रिकाहरूको छलफलमा सहभागिता रहेको छ।

नेपालको संविधानको धारा ५६ (२) को कार्यान्वयनको अवस्था, राष्ट्रिय सभा नियमावली २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । सोही बमोजिम सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ११ बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।