नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल « Khabarhub

नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलो प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् ।

देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् ।

‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’

प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ३० बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको