राप्रपा नेपालको बैठकमा आज पदाधिकारीले धारणा राख्ने  « Khabarhub

राप्रपा नेपालको बैठकमा आज पदाधिकारीले धारणा राख्ने 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्नेछ ।

अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज पनि धारणा राख्ने छन् ।

जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाको सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनमाथि टिप्पणी हुनेछन्।

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : ५० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम