काठमाडौँ – धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जिपलाई गए राति ठक्कर दिएको थियो ।
प्रतिक्रिया